दैलेख साउन २६
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल दैलेखको आठौँ जिल्ला अबिधेशन को संघारमा विवाद चुलिएको छ । युवा संघ नेपाल दैलेख को २१ गत्ते बसेको पुर्ण बैठकले आगामी असोज १ र २ गते अबिधेशन गर्ने निर्णय गरे लगत्तै उक्त बिबाद आएको हो ।
युवा संघ नेपाल दैलेख लाई जानकारी नदिई पार्टि मोर्चा संगठनका प्रमुख प्रेम बुढाले अप्रत्यासित रुपमा पार्टि मोर्चा संगठनको बैठक नबसी ब्यक्तिगत ढंगले बिभाजीत गर्ने गरी मनोमानी रुपमा युवा संघको उपाध्यक्ष लगायत सदस्यहरुको हेरफेर गरको र पार्टिको बिधान २०४९ (२०७१) परिमाजित अध्याय १० को धारा ६० पार्टि नियमावली २०७१ को परिछेद ७ को धारा २६ को मोर्चा संगठनको काम कर्तब्य र अधिकार र युवा संघ नेपालको बिधान २०६९ प्रथम संसोधन २०७१ को उपधारा ९.१ मा पनि उक्त अधिकार मोर्चा संगठनलाई नभएकाले तथा कथित मोर्चा संगठनको निर्णय युवा संघ नेपाल दैलेख कार्यान्वय गर्न बाध्य नहुने ब्यहोरा पार्टि तथा सबैमा जाकारी सहित अनुरोध समेत गरिएको छ । मोर्चा संगठनका प्रमुखले खेलेको भुमिका पार्टि र संगठनका हितमा नभएको युवा संघ नेपालका जिल्ला अध्यक्ष उपेन्द्र शाहीले जानकारी दिए । यस बारे बुझन खोज्दा मोर्चा संगठनका प्रमुख प्रेम बुढा संग फोन सम्पर्क हुन सकेन ।









